Posts

Showing posts from September, 2017

तपाईंले देखेको सपनाकोे अर्थ

Image
वैज्ञानिकहरुका अनुसार एक स्वस्थ्य व्यक्तिले आफ्नो जीवनभरमा सरदर ६ वर्ष सपना देख्ने गर्दछ । सपना समाजका मान्छेको सोँच र भावनामा क्षणिक, तर गहिरो प्रभाव पर्ने कुराहरु मध्ये पदर्छ । मान्छेले मात्र होइन निदाउने जति सबै प्राणीहरुले सपनाहरु देख्छन । मानव मस्तिष्क सर्वश्रेष्ठ भएकोले स्वभावैले सपना पनि हामीले बढी देख्छौं । मस्तिष्कको बिकसित स्वरुप, प्रयोग, र सपनाको प्रकारमा अनुपातिक सम्बन्ध हुने अवस्था पनि धेरै हुन्छ, अनि त्यसबाट प्रभावित पनि बढी नै हुन्छौं । हामी हाम्रो जीवनकालमा तीन भागको एक भाग सुत्छौं भने ६ वर्ष जति सपना देखेर बिताउँछौं  । हाम्रो हरेक रातको औसत २ घण्टा सपनामा बित्छ । धेरै जसो सपना त हामीलाई यादै हुँदैन, करिब ४५ प्रतिशत आंशिक या पूर्णरुपले याद हुन्छ । हरेक मान्छेले सरदर दिनमा ३ देखी ७ वटासम्म सपना देख्छ । घुरेको बेलामा सपना देखिन्न । सपनाले भोगाई र अनुभवसँग पनि सम्बन्ध राख्ने गर्दछ । आम मानिसले अचम्म अचम्मका सपना देखिने कुरा हामी सबैले अनुभब गरिरहेको छौं ।  मनोविज्ञहरुका अनुसार सपना भनेको चेतन अवस्थामा पलाएका अनेकन तिब्र अभिलाषा र कुण्ठामा अर्का पक्षको ...